४ हजारभन्दा बढी ग्राहकको रकम ट्रान्सफर गरी ठगेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिलाई एसएमएमार्फत ‘फिसिङ लिंक’ पठाएर इ–सेवाको एक करोड दुई लाख रकम ट्रान्सफर गरी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार कालीमाटीबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो ।

उनले विभिन्न व्यक्तिलाई एसएमएसमार्फत् फिसिङ लिंक पठाई खाता ‘सस्पेन्ड’ हुन लागेको भनी चेतावनी दिएका थिए। उनले भेरिफाइको लागि लिंक खोल्न लगाई इ–सेवामा अनधिकृत पहुँच पुर्याई ४ हजारभन्दा बढी व्यक्तिको इ–सेवामा रहेको रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको खाताहरूमा ट्रान्सफर गरेको देखिएको प्रहरीले जनाएको छ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *