हारका बाबजुत पीएसजी र बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन र बार्सिलोना सेमिफाइनलमा पुगेका छन् । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पराजित भएपनि दुवै टोली सेमिफाइनलमा पुगेका हुन् ।

गएराति भएको दोस्रो खेलमा बार्सिलोना डर्टमण्डसँग ३-१ गोलले पराजित भएपनि समाग्रमा ५-३ गोलको जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन सेर्होउ गुरासेले ह्याट्रिक पूरा गरे । बार्सिलोनाले एक गोल उपहार पाएको हो ।

खेलको ११ औँ मिनेटमा गुरासेले गोल गर्दै डर्टमण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा गुरासेले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ५४ औं मिनेटमा रामी बेन्सेबैनीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि खेल २-१ गोलको स्थितिमा ल्याएका थिए ।

७६ औँ मिनेटमा गुरासेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर डर्टमण्डलाई ३-१ गोलको जित दिलाएका थिए । तर समाग्रमा ५-३ गोलको जित निकाल्दै बार्सिलोना विजयी भएको हो । यसअघि भएको पहिलो लेगमा बार्सिलोना ४-० गोलले विजयी भएको थियो ।

यस्तै गएरातिनै भएको दोस्रो लेगमा एस्टन भिल्लाले पिएसजीलाई ३-२ गोलले हराएपनि समाग्रमा ५-४ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । भिल्ला पार्कमा भएको खेलमा भिल्लाको लागि योउरी टेलेमानस, हों म्यागिन र इजेरी कोन्साले समान एक/एक गोल गरेका हुन् । पीएसजीको लागि अचार्फ हकिमी र नुनो मेन्डिसले समान एक/एक गोल गरे । दुई टोलीबीच भएको पहिलो लेगमा पीएसजी ३-१ गोलले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *