ललितपुरमा ११ वर्षीया बहिनी हत्याको आरोपमा दाजु पक्राउ

काठमाडौं । ललितपुरमा ११ वर्षीया बहिनीको हत्या आरोपमा आजु पक्राउ परेका छन् । लतिलपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या गरेको आरोपमा उनका १५ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार, मंगलबजार बस्ने भगवती बोहराले आफ्नी छोरी दुर्गा बोहरा ४ चैत रातिदेखि हराएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

खोजतलासका क्रममा २९ चैतमा ललितपुर महानगरपालिका ९, खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुईं तलाको पानी ट्यांकीमा दुर्गाको सडेगलेको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले अनुसन्धान गर्दा उक्त हत्या दुर्गाका १५ वर्षीय दाजुले गरेको खुलेको प्रहरीले जनाएको छ । उनलाई सोमबार मंगलबजार क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आरोपित दाजुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *