काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्राडा खड्ग केसीलाई दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिने व्यवस्था छ । प्राडा केशरजंग बरालले उपकुलपति पदबाट राजीनामा दिएपछि पद रिक्त थियो ।