कर्तव्य ज्यान मुद्दाका अभियुक्त ३१ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक अभियुक्तलाई ३१ वर्षपछि पक्राउ गरेको छ । २०५० साल वैशाख १६ गते काभ्रेको चौरेदेउरालीका उत्तरबहादुर प्रधानको हत्या गरी फरार भएका सोही ठाउँका दानबहादुर प्रधानलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काभ्रेले २०७६ माघ २८ गते जन्मकैदको सजाय सुनाएको थियो । उनलाई अदालतको फैसला वमोजिम कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *