काठमाडौं । काठमाडौंको तिनकुनेमा चैत १५ गते भएको हिसांत्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।
प्रहरीले प्रसाईंलाई भारतको आसाम राज्यबाट पक्राउ गरेको हो । उनलाई पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल ल्याइँदै गरेको प्रहरीको उच्च श्रोतले जनाएको छ ।
प्रसाईंको सचिवालयले भने पक्राउ नभई आफ्नो सुरक्षाका लागि आफैंले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाएको छ । सचिवायले भनेको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका सयोजक दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ । हिजो मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टा भित्र उपस्थित हुन्र्छां भनेका थियौं र आज उपस्थित भयौं ।’
यसअघि उनले सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै आफू नभागेको बताउँदै आएका थिए ।
उनले मानवअधिकारवादीको रोहवरमा २४ घण्टामा उपस्थित हुने बताएका थिए । उनले प्रहरी प्रशासनलाई नखोज्न पनि अनुरोध गरेका थिए ।
बुधबार मात्र भिडियो सन्देश जारी गर्दै उनले भनेका थिए, ‘कहीँ इन्डिया भाग्यो भन्या छ । कहीँ कता भाग्यो भन्या छ । म कतै भागेको छैन ।म नेपालमै छु र कुनै ठाउँमा छु । अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ ।’
प्रसाईंले आफू रहे भने यो अभियान र जनविद्रोह सफल हुने तर नरहे यो जनविद्रोह दबाएर जाने बताउँदै आएका छन् ।