काठमाडौं । फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल)मा ललितपुर सिटी फूटबल क्लब विजयी भएको छ । बिहीबार बेलुकी भएको खेलमे एफसी चितवनलाई २-१ गोलले हराउँदै ललितपुरले अपराजित यात्रालाई निरन्तरता दिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ स्टेडियममा भएको खेलमा ललितपुरलाई जित दिलाउन इमो इजेकेल र मणि कुमार लामाले समान एक/एक गोल गरे । चितवनको लागि भिक्टर मन्सारेले एक गोल गरे । पहिलो हाफको दोस्रो मिनेटमै मणि लामाको फ्रि-किकमा इजेकेलले फोल गर्दै ललितपुरलाई शुरुवाती अग्रता दिलाएका थिए ।
७४ औं मिनेटमा भिक्टरले गोल गर्दै चितवनलाई १-१ गोलको बराबरीमा ल्याए । तर पाँच मिनेटपछि मणि लामाले फ्रि-किकमा गोल गर्दै फेरी ललितपुरलाई खेलमा अगाडि बढाएका थिए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा ललितपुर २-१ गोलले विजयी भएको हो । जारी प्रतियोगितामा चितवनको यो पहिलो हार हो । जितसँगै ललितपुर ४ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक जोडेको चितवन दोस्रो स्थानमा झरेको छ ।