सन् २०२८ को ओलम्पिकमा क्रिकेटपनि समावेश गरिने

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक गेम्समा क्रिकेट खेलअपनि समावेश गरिने भएको छ ।  अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले सन् २०२८ मा आयोजना गर्ने ओलम्पिक गेम्समा क्रिकेट खेललाई समावेश गर्ने भएको हो ।

ओलम्पिकमा क्रिकेट खेलले एक सय २८ वर्षपछि सहभागिताको मौका पाएको हो । यसअघि सन् १९०० को पेरिस ओलम्पिकमा क्रिकेट खेललाई पहिलो पटक सहभागिता गराइएको थियो ।

आइओसीले सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा टी–२० फरम्याटको क्रिकेट आयोजना गर्न लागेको हो । लस एन्जल्स ओलम्पिकमा क्रिकेटमा ६ टोलीको सहभागिता रहने आइओसीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *