चारदेशीय टी–२० आई सिरिजः कुवेतविरुद्ध नेपाल पहिले बलिङ गर्दै

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत जारी दोस्रो खेलमा नेपालले कुवेतले कुवेतविरुद्ध टस जितेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर कुवेतलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *