लाइसेन्स वितरणमा मासिक ३ करोड असुली प्रकरणमा अख्तियारद्वारा चार जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बाँके चारजनालाई पक्राउ गरेको छ ।

सवारी चालक अनुमतिपत्र(लाइसेन्स) वितरणमा करोडौँ लेनदेन गरेको सूचनाका आधारमा आयोगले कर्मचारी र ड्राइभिङ सेन्टरका सञ्चालकलाई पक्राउ गरेको हो ।

आयोगको टोलीले यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई आयोगले बुधबार पक्राउ गरेको हो ।

कर्मचारीहरूले नक्कली सवारीचालक अनुमतिपत्र वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्नेसमेतको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *