दुर्गा प्रसाईँ भन्छन्-कहीँ भागेको छैन, प्रहरीले खोज्नु पर्दैन(भिडियो)

काठमाडौँ । प्रहरीको खोजीमा रहेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू कतै नभागेको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै प्रसाईंले मानवअधिकारवादीको रोहवरमा २४ घण्टामा उपस्थित हुने बताएका हुन् । उनले प्रहरी प्रशासनलाई नखोज्न पनि अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘कहीँ इन्डिया भाग्यो भन्या छ । कहीँ कता भाग्यो भन्या छ । म कतै भागेको छैन ।म नेपालमै छु र कुनै ठाउँमा छु । अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ ।’

प्रसाईंले आफू रहे भने यो अभियान र जनविद्रोह सफल हुने तर नरहे यो जनविद्रोह दबाएर जाने बताएका छन् ।

उनले आफूले नेपाल र नेपालीलाई बचाउन चाहेको उल्लेख गरे । उनले चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश सजकको परिवारलाई पाँच–पाँच लाख दिने घोषणा समेत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *