टी-२० सिरिजमा नेपालको विजयी शुरुवात

काठमाडौं । हङकङमा आजबाट शुरु भएको चार देशीय टी-२० आई सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । बुधबार बिहान भएको खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको हो ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि कुशल भुर्तेलले ३८, कप्तान रोहित पौडेलले ३७, आसिफ शेखले ३३ र बासिर अहमदले ३० रनको योगदान गरे ।

कतारको लागिको लागि मुजिब आर रहमानले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । कतारको लागि कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाए । ५४ बलमा ५४ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे । शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएर फिनिस गरे ।

नेपालका लागि करण केसी, सोमपाल कामि, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १–१ विकेट हात पारे । प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *