तिनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा थप दुईजना पक्राउ

काठमाडौं । काठमाडौँको तिनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकका ३० वर्षीय जीतबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले २० दिनको म्याद दिएको छ । तिनकुनेमा भएको हिंसात्मक घटनामा ७५ जनामाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *