पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन नेपाली खेलाडी उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार उज्वेकिस्तान प्रस्थान गरेको छ ।

यही चैत २८ देखि आगामी वैशाख १ गतेसम्म हुने प्रतियोगितामा सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टोलीको नाम ‘टिटुके’ रहेको छ ।

टोलीको प्रशिक्षकमा विपुल भट्टराई तथा व्यवस्थापकमा सङ्गीता गुरुङ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं इ स्पोट्र्स एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले मंगलबार आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *