हत्याका अभियुक्त साधुको भेषमा लुकीछिपी बसेको अवस्थामा १७ वर्षपछि पक्राउ

काठमाडौं । एक व्यक्तिको हत्यापछि साधुको भेषमा लुकिछिपी बसेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ वैशाख २५ गते पर्साका ढोडा मुखिया विनलाई जग्गासम्बन्धी विवादको विषयमा छलफलका लागि बोलाइ गोली प्रहार गरी हत्या गरेर फरार भएका अभिुक्त पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले हत्यापछि फरार रहेका लोकनाथ साह तेलीलाई सोमबार बीरगंजबाट पक्राउ गरेको हो ।

उनी भारतको चम्पारणस्थित रामजानकी मन्दिरमा १० वर्षदेखि साधुको भेषमा लुकिछिपी रहेको खुलेको छ । उनलाई सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । साहलाई अदालतको आदेश अनुसार मंगलबार जेल चलान गरिएको ब्युरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *