काठमाडौं । सहकारी पीडितहरूले राष्ट्रपति निवास शीतल निवासअगाडि धर्ना दिनुका साथै प्रदर्शमा उत्रिएका छन् ।
सहकारी पीडितहरूले विभिन्न स्थानबाट संकलन गरेर ल्याएको हस्ताक्षर र ज्ञापनपत्र राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउन उनीहरु शीतल निवास अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।
सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघको आयोजनामा प्रदर्शन भएको हो । उनीहरुले लघुवित्त संस्थाको खारेजी, ऋण मिनाहा लगायतका माग राखेका छन्।