यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले आम जनसमुदायलाई शिक्षकहरूको आन्दोलनका पक्षमा उभिन आह्वान गरेको छ ।

सोमबार नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी शिक्षकहरुको आन्दोलनमा उभिन आह्वान गरेका हुन् ।

माओवादीले २०८० असोज ५ गते र १२ गतेको मितिमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न पनि माग गरेको छ । माओवादीले यस बिषयलाई प्राथमिकतामा राखि विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गरेको छ ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु चैत २० देखि काठमाडौं केन्द्रित भएर आन्दोलन गरिरहेका छन् । सोमबारदेखि नेपाल शिक्षक संघले शैक्षिक आमहड्ताल घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *