रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । शुक्रबार राति काठमाडौंमा पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो ।

आइतबार पनि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो । उच्च अदालतको आदेशअनुसार जिल्ला अदालतले थुनुवा पुर्जी दिएर उनलाई पुर्पक्षका लागि कारागार पठाएको हो । उनलाई भैरहवा कारागार पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामछिानेलाई शुक्रबार थुनामा राख्न आदेश दिएको थियो ।

त्यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटमा छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेश चित्त नबुझेपछि सरकार उच्च अदालत गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *