काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जेल चलान गरिँदैछ । शुक्रवार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराई प्रक्रिया पुर्याएर थुनामा पठाइन लागिएको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिबार भैरहवा लगिएको थियो ।
शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा भएकाले आज उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । प्रक्रिया पूरा भएपछि थुनामा पठाइने प्रहरीले जनाएको छ ।