राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएर सरकारले लाचार जवाफ दियोः नेता पाठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा कार्यक्रम गर्न सरकारले नदिएको भन्दै आपत्ति जनाएको छ ।

राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले शिक्षकहरुलगायत अन्य कतिका आन्दोलन भइरहेकोले राप्रपालाई कार्यक्रम गर्न स्थान उपलब्ध गराउन नसकेर सरकारले लाचार जवाफ दिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘शिक्षकहरु लगायत अन्य कतिका आन्दोलन भइरहेकोले राप्रपालाई कार्यक्रम गर्न स्थान उपलब्ध गराउन नसकेको लाचार जवाफ दियो सरकारले । मेरो प्रश्न छ ! यस्ता आन्दोलनहरु किन भइरहेका छन् ? । राजा हटाएर गणतन्त्र आएपछि रामराज्य हुन्छ भनेको हैन त ? गम्भीरतापूर्वक सोचौं व्यवस्थाले काम गरेन । संविधान भागवत गीताको पुस्तक हैन,जसलाई परिवर्तन गर्नै नहुने । यो संविधानलाई स्थगन गरौं २०४७ को संविधानको जगमा टेकेर सबै मिलेर अगाडि बढौं । यो बाहेकको बिकल्पले मुलुकले थप क्षति व्यहोर्नुपर्छ।’

आज सभा गर्न लागेको राप्रपाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले भृकुटीमण्डमा गर्न नदिएर सिफल चौरमा अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *