कङ्गोको राजधानी किन्सासामा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु

किन्सासा । कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले करिब ३० जनाको ज्यान लिनुका साथै मध्य अफ्रिकी महानगरमा विनाश मच्चाएको एक अधिकारीले बताएका छन् ।

“धेरै घाइतेहरू छन्, उनीहलाई बाहिर निकालिएको छ र अहिलेसम्म शनिबारको मुसलधारे वर्षाबाट मृत्यु हुनेहरूको सङ्ख्या ३० को हाराहारीमा छ”, किन्सासाका प्रान्तीय सार्वजनिक स्वास्थ्यमन्त्री प्याट्रिसियन गोङ्गो अबाकाजीले भने ।

चिकित्सकका अनुसार पीडितहरू या त डुबेका थिए वा आफ्नो घरको भित्ताहरू भत्किँदा मारिएका थिए ।
शुक्रबार राति शनिबारसम्म परेको वर्षापछि, पानीको सतह बढ्दा करिब एक करोड ७० लाख जनसङ्ख्या भएको महानगरको धेरै बाहिरी र गरिब उपनगरहरूलाई ध्वस्त बनाएको छ ।

त्यस्तै बढ्दो वर्षाका कारण राष्ट्रिय सडकमध्ये एकमा यातायात बन्द भयो । यो सडक किन्सासाको मुख्य सडक मार्ग हो । यो सडक मार्ग हुँदै केन्द्रबाट विमानस्थलसम्म तथा साथै धेरै छिमेकी जिल्लामा पुग्न सकिन्छ ।
बाढीले प्रायः किन्सासालाई प्रभावित गर्दछ । किन्सासा नाइल पछि अफ्रिकाको दोस्रो सबैभन्दा ठूलो कङ्गो नदीको किनारमा अवस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *