पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्ष पदमा मनोनीत

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई उपाध्यक्ष पदमा मनोनीत गरेको छ ।

माओवादी पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै उपाध्यक्ष पदमा मनोनीत गरेको हो । यसअघि पुनलाई उत्पादनसम्बन्धी ब्युरोको इन्चार्जको जिम्मा दिएको थियो । उनी पार्टीको बैठकमा आमन्त्रित नेताको रुपमा उपस्थित हुँदै आएका थिए ।

पुनले पार्टी राजनीतिमा फर्किने चाहना राखेपछि प्रचण्डले सुरुमै उनलाई उपाध्यक्ष बनाउन लागेका थिए । तर, पार्टीभित्रबाटै आलोचना भएपछि उनलाई जिम्मेवारी दिने तयारी रोकिएको थियो ।

गत पुस तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमा पनि उनी आमन्त्रित हैसियतमै सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *