फिल्म झिल्कोको ‘नाच पुतली’

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुःखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । गीतमा आनन्द अधिकारीको शब्द, दीपक शर्माको सङ्गीत र सहिमा श्रेष्ठको स्वर रहेको छ ।

भिडियोमा आश्मा विश्वकर्मा र चाहना पुनको नृत्य छ । आगामी वैशाख १९ गते देशभर प्रदर्शनमा आउने यो फिल्म अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागर गरी बनेको निर्देशक यादवकुमार भट्टराईले बताए ।

यसमा मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबिचको दूरी, र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको उनले जानकारी दिए ।

‘झिल्को’मा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ । फिल्मको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

फिल्मको कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् । फिल्म मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *