एजेन्सी । क्याटलान क्लब बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा एथ्लेटिको म्याड्रिडलाई १-० र समाग्रमा ५-४ गोलले हराउँदै बार्सिलोनाले फाइनलमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको हो ।
रियाद एयर मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन फेरान टोरेसले एक गोल गरे । पहिलो हाफको २७ औँ मिनेटमा टोरेसले गरेको गोलनै बार्सिलोनाको जितमा निर्णायक बन्यो । यसअघि दुई टोलीबीच भएको खेलको पहिलो लेग ४-४ गोलको बराबरीमा सकिएको थियो ।
अब २६ अप्रिलमा हुने फाइनल खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोना भिड्नेछन् ।