आईपीएलमा मुम्बईको पहिलो जित

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा मुम्बईले कलकता नाइट राइडर्सलाई ८ विकेटले हराएको हो  ।

जितको लागि १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.५ ओभरमा दुई विकेटको क्षतिमा १ सय २१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । मुम्बईको लागि रायन रिकेल्टनले ४१ ओभरमा ५ छक्का र ४ चौकाको मद्दतमा ६२ रन बनाउँदा सुर्य कुमार यादवले २७, विक ज्याक्सले १६ र रोहित शर्माले १३ रन बनाए ।

कलकताको लागि आन्द्रे रसेलले दुई विकेट लिए ।

यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कलकताले १६.२ ओबह्रमा अलआउट हुँदै १ सय १६ रन बनाएको थियो । कलकताको लागि अन्क्रिश राघुवंशीले २६, रामन्दिप सिंहले २२,मनिष पाण्डेले १९, रिन्कु सिंह १७ र कप्तान अजिंके रहाणेले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

मुम्बईको लागि अश्वानी कुमारले चार विकेट, दिपक चहारले दुई तथा ट्रेन्ट बोल्ट, हार्दिक पान्ड्य, विग्नेश पुथुर र मिट्चेल सान्टनरले समान एक/एक विकेट लिए ।

जितसँगै मुम्बई ३ खेलबाट दुई अंक जोड्दै तालिकाको छैटौं स्थानमा रहेको छ । समान खेलबाट दुई अंक जोडेको कलकता पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *