जापानमा पर्यटकहरुको वृद्धि, होटल बसाइमा ऐतिहासिक रेकर्ड

टोकियो । फेब्रुअरीमा जापानका होटलहरूमा चार करोड ८३ लाख ३० हजार बसाइँ भएको छ, जसले अघिल्लो वर्षको सोही महिनाको रेकर्ड तोडेको छ ।

जापान पर्यटन एजेन्सीका अनुसार विदेशी पर्यटकहरूको आगमन बढ्दा होटल बसाइँको माग उच्च भएको छ ।

गत महिनामा मात्र विदेशी पर्यटकहरूको ओभरनाइट बसाइँ एक करोड ३३ लाख पुगेको थियो, जुन अघिल्लो वर्षभन्दा १५.५ प्रतिशत धेरै हो । यो हालसम्मकै उच्च सङ्ख्या हो ।

अत्यधिक पर्यटनले स्थानीय समुदायमा प्रभाव पार्न थालेपछि जापान सरकारले विदेशी पर्यटकहरूलाई क्षेत्रीय स्थानहरूमा भ्रमण गर्न प्रोत्साहित गरिरहेको छ ।

पर्यटन एजेन्सीका अनुसार यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन ठूलो भूमिका खेल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *