काठमाडौं सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा उत्पत्ति भएका पाँच वटा विधेयक प्रमाणित गरेका छन् ।
सोमबार सभामुख घिमिरेले सङ्घीय संसदले नेपालको संविधानको धारा १११ बमोजिम पारित गरेकाले सभामुखले धारा ११३ (१) बमोजिम विधेयकहरू प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेका हुन् ।
सभामुख घिमिरेले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ र निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रमाणित गरेका हुन् ।