दुर्गेशले गाए ‘कर्मा’को गीत

काठमाडौं । गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायाँकन भएको छ ।

दुर्गेशले गाएको गीतमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय छ । गीत केही दिनमा नै सार्वजनिक हुनेछ । नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म आगामी चैत २९ गते रिलिज हुँदैछ ।

फिल्ममा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *