एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्स विजयी भएको छ । आइतबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेट राजस्थानले पहिलो जित निकालेको हो ।
जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रनमात्र बनाउन सक्यो । चेन्नईको लागि कप्तान रुताराज गैकवाडले सर्वाधिक ६३ रन बनाए । उनले ४४ बलमा ७ चौका र एक छक्का प्रहार गरे । यस्तै रविन्द्र जडेजाले ३२, राहुल त्रिपाठीले २३, शिभम डुवेले १८, महेन्द्र सिंह धोनीले १६ र जेमी ओभरटनले ११ रन बनाए ।
राजस्थानको लागि वानिन्दु हासारांगाले ४ ओभरमा ३५ रन दिँदै चार विकेट लिँदा जोफ्रा आर्चर र सन्दीप शर्माले समान एक/एक विकेट लिए ।
यसअघि गुवाहटीस्थित बार्सापारा क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । राजस्थानको लागि नितिश रानाले ८१ रन बनाए । उनले ३६ बलमा १० चौका र ५ छक्का हिर्काए । यस्तै कप्तान रियाँ परागले ३७, सन्जु सामसनले २० र शिमरोन हेटमायरले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
चेन्नईको लागि खलिल अहमेद, नोर अहमद र माठेशा पाथिरानाले समान दुई/दुई विकेट लिँदा रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए ।
जितसँगै राजस्थान ३ खेलबाट २ अंक जोड्दै तालिकाको नवौं स्थानमा रहेको छ । एक खेल बढि खेलेको चेन्नई दुई अंकको साथ सातौँ स्थानमा रहेको छ ।