शुक्रबारको राजावादीको गतिविधि आपराधिक काम हो, कारबाही हुन्छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार पूर्वराजावादी समर्थकहरुबाट आगजनी भएका भवनहरुको अनुगमन गरेका छन् ।

शनिबार गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुलाई साथमा लिएर भवनहरुको स्थलगत अनुगमन गरेका हुन् । त्यसक्रमममा उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए ।

उनले सञ्चारगृहलगायत सम्पूर्ण नागरिकको जीवन रक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने बताए । गृहमन्त्रीले सञ्चार एउटा महत्वपूर्ण अंग भएको हुँदा यसलाई ध्वस्त गर्ने कोशिस लोकतन्त्र कै विरुद्धको गतिविधि भएकाले यसलाई गम्भिरतापूर्वक लिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *