काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुआर्ट ल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रूपमा उनको नियुक्तिको घोषणा गरेको हो । स्टुआर्ट ल अष्ट्रेलियाका पूर्व दिग्गज क्रिकेटर तथा अनुभवी प्रशिक्षक हुन् ।
उनी खेलाडीका रूपमा अष्ट्रेलियाको घरेलु क्रिकेटमा लामो समय सक्रिय थिए । उनले क्वीन्सल्याण्डका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए भने अन्तर्राष्ट्रिय क्रिकेटमा पनि अनुभव बटुलेका छन् ।
नेपाली टिमका पूर्व प्रशिक्षक मोन्टी देसाइले पदबाट राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन बनेको थियो । त्यसयता क्यानले विभिन्न प्रशिक्षकहरूसँग छलफल गरेपछि अन्ततः स्टुआर्ट ललाई नियुक्त गर्ने निर्णय लिएको हो ।