काठमाडौं । काठमाडौंको तिनकुनेको भवनमा भएको आगलागीमा परी एक पत्रकारको मृत्यु भएको छ । आगलागीमा परी एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले भवनमा आगो लगाएका थिए । भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो ।
तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ । अहिले त्यहाँ प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ ।