कुलमान हटाउनुको कारणबारे प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन चल्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका छन् ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन चल्न दिने बताएका हुन् । उनले स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै सदन चल्ने, तर स्पष्टीकरण जालझेलको भ आन्दोलनमा जाने चेतावनी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले संसदको रोष्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेका छौं ।स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ । जालझेल भयो भने आन्दोलन अगाडि बढ्छ ।’

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरूले संसदका दुवै सदनको बैठक अवरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *