काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद् बैठकबाट सोमबार नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो । शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । तर, प्रचण्ड नेतृत्वको सरकारले उनलाई हटाएर कुलमानलाई ल्याएको थियो ।
शाक्यलाई पहिलोपटक पनि ओली सरकारले नै कार्यकारी निर्देशक बनाएको थियो । दोस्रोपटक पनि ओली सरकारले नै उनलाई यो महत्वपूर्ण जिम्मेवारी दिएको हो ।