डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा राखिएको भन्दै प्राधिकरणका कर्मचारीमाथि कुटपिट

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको छ ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि मंगलबार बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो । आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् ।

१३–१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथि आक्रमण गरेको विद्युतका कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले संयुक्त विज्ञप्ति जारी गरि घटनाको निन्दा गरेका छन् । घटनाको विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *