रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ ।

अभ्यासमा रूसको रणनीतिक रकेट निर्धारित प्रशिक्षण अभ्यासको एक हिस्साका रूपमा आणविक मिसाइल लन्चरहरू फिल्ड साइटहरूमा तैनाथ गरिने मन्त्रालयलाई उदृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार ‘सेभरडलोभस्क र अल्टिया’ क्षेत्रहरूमा कमान्ड र स्टाफ अभ्यास सञ्चालन गर्ने निर्धारित गरिएको छ । यसमा ‘यार्स अन्तरमहाद्वीपीय’ ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरिनेछ ।

सैन्य एकाइहरूले अभ्यासका क्रममा इन्जिनियरिङ सहयोग, विकिरण, रासायनिक र जैविक सुरक्षा कार्यहरू पनि गर्ने जनाइएको छ ।

‘यार्स’ मिसाइल आणविक हतियार बोक्न सक्षम भएको र यसलाई ढुवानी गर्न वा भूमिगत मिसाइल लन्चरहरूमा राख्न सकिने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *