गण्डकी । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ । अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै निर्वाचित भए। नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् ।
स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् । सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै विजयी भएका छन् । प्रतिस्पर्धी नेविसंघकी अमिषा यादवले ६४७ मत ल्याइन् ।
पिएन क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन तय भएको थियो। तर मतपत्रमा अखिल छैठौंको मत संकेत गर्ने ठाउँमा कोष्ठक चिह्न नै नभेटिएपछि मतदान रोकिएको थियो । आइतबार भएको मतदानमा २९८७ विद्यार्थीले मतदान गरेका थिए । देशकै ठूलो क्याम्पस पिएन क्याम्पसमा ९२७० जना विद्यार्थी अध्ययनरत छन्।