आठ महिनामा वीरगञ्ज नाका हुँदै ५३ अर्ब मूल्य बराबरको वस्तु निर्यात

वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आर्थिक वर्षमा भटमासको तेल निर्यात बढेको छ ।

बितेका आठ महिनामा २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो ।

यसैगरी, चार अर्ब ८८ करोड बराबरको जुस र तीन अर्ब ६८ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *