काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकारले कहिल्यै गर्न नसक्ने बताएका छन् ।
मंगलबार सामाजिक संजालमार्फत कोइरालाले यो निर्णयको कांग्रेसले स्वामित्व लिनै नहुने बताएका हुन् ।
उनले भनेका छन्,सरकारको कुशासनको निरन्तरताको अर्को कडीः कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित वुद्धि ।’
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ ।