आइपिएल क्रिकेटको पहिलो खेलमा हैदरावादको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले जित निकालेको छ ।

भारतको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै विजयी भएको हो । जितसँगै हैदरावादले दुई अङ्क जोडेको छ ।

हैदरावादले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ४२ रनमा समेटियो । राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे ।

यसैगरी सन्जु सामसनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६ रन जोडे भने सिम्रन हेटमायरले ४२, शुभम दुबेले अविजित ३४ तथा नितेश राणाले ११ रन बनाए ।

हैदरावादका लागि हर्षल पटेल र सिमरजित सिंहले समान दुई दुई विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८६ रनको योगफल बनाएको थियो ।

हैदरावादका लागि इशान किसनले ४७ बलमा ११ चौका र छ छक्काको मद्दतले अविजित एक सय छ रनको योगदान दिए । यसैगरी ट्रभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन बनाए । हेनरिक क्लासनले ३४, नितिशकुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए ।

राजस्थानका लागि तुषार देशपाण्डेले तीन विकेट लिए भने महेश तिक्क्षणाले दुई तथा सन्दीप शर्माले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *