प्रकाशमानलाई बालेनको प्रश्नः बालमन्दिर बचाउने प्रयास कहिले गर्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन आग्रह गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत मेयर साहले बालमन्दिर बचाउने र सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ? मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *