काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । आइतबार नेप्से ५३ दशमलव ०४ अङ्कले घटेर २ हजार ६ सय १६ दशमलव २६ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै ३ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज मिथिला लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैलो ओरालो लागेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३ सय १७ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।