एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुरुवात गरेको छ । शनिबार राति भएको उद्धाटन खेलमा साविक विजेता कलकता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरुले १६.२ ओभरमा तीन विकेटको क्षतिमा १ सय ७७ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । बैंगलोरलाई जित दिलाउन विराट कोहली र फिल साल्टले अर्धसतक पूरा गरे । विराट ३६ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाउँदै नटआउट रहँदा साल्टले ५६ रन बनाए । उनले ३१ बलमा ९ चौका र दुई छक्का हिर्काए । यस्तै कप्तान रजत पतिडरले १६ बलमा ५ चौका र एक छक्काको मद्दतमा ३४ रन बनाउँदा लिएम लिभिंगस्टोनले १५ र देभदत्त पड्डिकलले १० रन बनाए ।
कलकताको लागि भैभव अरोरा, वरुण चक्रवती र सुनिल नारायणले समान एक/एक विकेट लिए ।
यसअघि इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । कलकताको लागि कप्तान अजिंके रहानेले सर्वाधिक ५६ रन बनाउँदा सुनिल नारायणले ४४, अन्क्रिश राघुवंशीले ३० र रिन्कु सिंहले १२ रन बनाए ।
बैंगलुरुको लागि कुर्नाल पान्डयले तीन विकेट लिंदा जोश हज्लेवुडले दुई तथा याश दयल, रासिख सलाम र सुयश शर्माले समान एक/एक विकेट लिए ।
आज हुने खेलमा सनराइजर्स हैदराब र राजस्थान रोयल्स तथा चेन्नई सुपर किन्स र मुम्बई इन्डियन्स भिड्नेछन् ।