मैत्रीपूर्ण खेलमा सिंगापुरमाथि नेपालको एतिहासिक जित

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । शुक्रबार बेलुकी भएको खेलमा नेपालले सिंगापुरलाई १-० गोलले हराएको हो । नेपालले सिंगापुरलाई पहिलोपटक हराएको हो ।

सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे । खेलको १२ औं मिनेटमा मनिष डाँगीको पासमा जिलेस्पीले गोल गर्दै नेपाललाई जित दिलाएका हुन् ।

यससँगै नेपालले नयाँ प्रशिक्षक म्याट रोसको डेब्यु खेलमै जित निकालेको छ । अब नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत २५ मार्चमा हुने खेलमा मलेसियाको सामना गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *