काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा.धवलशम्शेर राणा नेतृत्वको राजसंस्था पूनस्र्थापनाका लागि गठित जनआन्दोलन परिचालन समितिले विभिन्न समितिहरू गठन गर्ने निर्णय गरेको छ ।
संवैधानिक राजसंस्था पुनस्र्थापना, सनातन हिन्दूराज्य पुनस्र्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीको पक्षमा रहेका राजनैतिक दल, सङ्घसंस्था तथा अभियानहरूको सहभागी बैठकले राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले संयुक्त जनआन्दोलनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उपसमितिहरू समेत गठन गर्दै लैजाने निर्णय पनि गरेको छ । आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा एकताबद्ध भई सहकार्य गर्न सबै राष्ट्रवादी देशभक्त नागरिक, अभियान तथा राजनैतिक दलहरूलाई अपील समेत बैठकले गरेको छ ।