काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माको डेब्यू अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ र्याइँ र्याइँ ’ सार्वजनिक भएको छ ।
भिडियो बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । मोडल सुनिल क्षेत्रीले नै अभिनय र निर्देशन गरेको म्युजिक भिडियोमा गायक वसन्त थापा र एलिना चौहानको स्वर छ । यो गीतको शब्द गीतकार राजेन्द्र थापाले लेखेका हुन् ।
अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितको समेत अभिनय रहेको छ । डेव्यु अभिनेत्री कृति शर्माले मोडल तथा सुनिल क्षेत्रीको अफर मन परेको र उनीसँग भ्वाइससमेत मिलेकाले अभिनय गर्न तयार भएको बताइन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन र कलर छ ।