१४ अंकले घट्यो नेप्से

काठमाडौं । साताको चौथो दिन शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा पुगेको हो ।

कारोबार रकम भने मंगलबारको तुलनामा सामान्य बढेको छ । बुधबार ३११ स्क्रिप्सको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्बको कारोबार भएको थियो ।

मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.३९ प्रतिशतले बढ्यो। गरिमा समृद्धि योजनाको ७.६९,भूगोल इनर्जी डेभलपमेन्टको ७.३५ र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशतले बढ्यो। आज सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए।

सो कम्पनीको सेयर ९.२० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २९ करोड ६७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २३ करोड,नेपाल इन्स्योरेन्सको १७ करोड,ग्री डेभलपमेन्टको १५ करोड र हिमालयन पावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *