सिंगापुर र मलेसियासँगको खेलको लागि नेपाली टोलीको घोषणा

काठमाडौं । मैत्रीपूर्ण र एएससी एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

नेपाली टोलीमा तीन खेलाडीले पहिलोपटक स्थान बनाएका छन् । टोलीमा गोलरक्षक अन्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फरवार्ड सुवास बम ठकुरी पहिलोपटक समेटिएका हुन् ।

नेपालले चैत्र ८ गते सिंगापुरसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ भने चैत्र १२ गते मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ ।

नेपाली टोली :-

गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ

डिफेन्डर: अनन्त तामाङ, बिमल पाण्डे, सनीस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ

मिडफिल्डर: रोहित चन्द, लैकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, आरिक बिष्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान

फरवार्ड : गिलेस्पी जंग कार्की, अञ्जन बिष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *