२१ औं शताब्दीमा जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस हास्यास्पद र निरर्थकः एमाले

काठमाडौं । नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको गर्दै राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकालेको हो ।

एमालेले केही समययता गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेको विशेष प्रस्तावमा भनिएको छ, ‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटकपटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्धत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । जनताको यस फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन ।’

त्यस्तै एमालेले एक्काइसौँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हानिकारक, हास्यास्पद र निरर्थक हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *