मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना भएको छ । दुर्घटाामा चार जना घाइते भएका छन् ।

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा ल्याइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *